तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाद्वारा युक्रेनलाई  थप एक अर्ब डलर बराबरको सैन्य सहायता घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनलाई क्षेप्यास्त्र, गोली गट्ठा तथा अत्याधुनिक हातहतियार खरिद गर्न थप एक अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ । 

अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई एक मुष्ठ घोषणा गरेको यो हाल सम्मकै ठुलो सैन्य सहायता हो । 

पछिल्लो सहायता अमेरिकाको रक्षा मन्त्रालयबाट प्रत्यक्ष रूपमा युक्रेनी सरकारलाई जाने छ । यसअघि यस्ता सहायता नेटो र युरोपेली सङ्घको माध्यमबाट जाने गरेका थिए । 

यो सैन्य सहायतामा आर्थिकमा  सहायता पनि समेटिएको बिबिसीले जनाएको छ । 

आर्थिक सहायताको केही रकम युक्रेनका अस्पताल, विद्यालय, अत्यावश्यक  सामाग्री खरिद, पेन्सन लगायतमा पनि खर्च गरिने अमेरिकी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button