तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तन नियन्त्रणका लागि ३ खर्ब ६९ अर्ब डलर खर्च गर्ने गरी एक विधेयक अमेरिकी सेनेटद्वारा पारित

काठमाडौं । अमेरिकी सङ्घीय संसदको माथिल्लो सदन सेनेटले विश्वव्यापी जलवायु परिवर्तन नियन्त्रणका लागि ३ खर्ब ६९ अर्ब अमेरिकी डलर खर्च गर्ने गरी एक विधेयक पारित गरेको छ ।

विश्वव्यापी जलवायु परिवर्तनलाई प्रमुख मुद्दा मानी तैयार गरिएको महँगी नियन्त्रण विधेयक नाम दिइएको यो विधेयकको कुल रकम ७ खर्ब अमेरिकी डलर रहने छ ।

यो विधेयक राष्ट्रपति जो बाइडनले अघि सार्नु भएको एक प्रमुख राष्ट्रिय एजेण्डा रहेको बिबिसीले जनाएको छ ।

यो विधेयक अन्तर्गत अमेरिकाले सन् २०३० सम्म आफ्नो कार्बन उत्सर्जन ४० प्रतिशतले घटाउने अधिकारीहरूले उल्लेख गरेका छन् ।

यो विधेयकले स्वास्थ्य क्षेत्रमा महँगी घटाउने र व्यापारिक प्रतिष्ठानमा लाग्ने कर बढाउने लक्ष लिएको बिबिसीले उल्लेख गरेको छ ।

यो विधेयक अमेरिकी संसदको तल्लो सदनबाट पारित भएपछि ऐन बनेर लागु हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button