तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा पछिल्लो समय अपराधका घटनामा वृद्धि

सुनसरी । सुनसरीमा पछिल्लो समय अपराधका घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।

बलात्कार, हिंसा, हत्या तथा अपराधका घटना निकै बढेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको तीन वर्षको तथ्याङ्क हेर्दा आपराधिक घटनामा वृद्धि भएको छ ।

प्रहरी तथ्याङ्क अनुसार जबरजस्ती करणी र लागु औषधका घटनामा वृद्धि भएको र तीन आर्थिक वर्षको जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क हेर्दा जबरजस्ती करणीको घटनामा वृद्धि भएको पाइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा एक सय वटा बलात्कारका घटना भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा एक सय २० वटा र आर्थिक वर्ष २०७८/०७९ मा एक सय २२ वटा घटना भएको छ । सुनसरी ३ वर्षमा बलात्कारका ३ सय ४२ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार चार सय ७१ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा एक सय ३२, आव २०७७/७८ मा एक सय ४८ थान र आव २०७८/७९ मा एक सय ९१ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ ।

सुनसरीमा गत वर्षको असार १६ देखि यो वर्षको साउनसम्ममा कुल २ हजार ३५ थान मुद्दा दर्ता भएकोमा एक हजार २९७ फर्छ्यौट भएको र ७३८ चालु अवस्थामा रहेका छन् ।

यस अवधिमा पक्राउ पर्नेमा १ हजार ६७२ पुरुष र ९० जना महिला गरि १ हजार ७६२ रहेका छन् । विभिन्न घटनामा फरार रहेका सङ्ख्या पुरुष ५५० र महिला ६८ जना रहेको छ ।

प्रहरीले तीन करोड ३६ लाख ६२ हजार ४० रुपियाँ बराबरका विभिन्न सामग्री भन्सार बुझाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button