तपाईँ सुन्दै हुनुहुन्छः

वीरगज महानगरपालिकाबाट एक वर्षमा ९७ करोड ४५ लाख राजश्व सङ्कलन

बीरगंज  । वीरगज महानगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा ९७ करोड ४५ लाख ८३ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । 

गत आर्थिक बर्ष २०७७/०७८ को तुलनामा झण्डै ४५ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गर्न महानगरपालिका सफल भएको बीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले जानकारी दिनुभयो । 

महानगरपालिकाले आर्थिक बर्ष २०७७/०८७ को अवधिमा महानगरपालिकाले ६६ करोड ८८ लाख ९४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष २०७८/०७९मा कार्यालयले ९७ करोड ४५ लाख ८३ हजार रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

महानगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ मा घर जग्गा रजिष्टेशन दस्तुर बापत ४६ करोड २३ लाख ५९ हजार रुपैयाँ सङ्कलन गरेको छ भने सम्पत्ति कर तर्फ १७ करोड ८ लाख ३९ हजार रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको वीरगन्ज महानगरपालिकाको राजश्व प्रशासन महाशाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button