तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ५ हजार ६ सय ५९ सक्रिय संक्रमित, आज ५ सय ५३ थपिए

काठमाडौँ । देशभरि कोरोना भाइरसका ५ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढेसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । 

काठमाडौँ उपत्यकामा ३ हजार ८ सय ८४ सक्रिय संक्रमित पुगेका छन् । 

काठमाडौँमा ३ हजार १०, भक्तपुरमा ९६ र ललितपुरमा ७ सय ७८ गरी ३ हजार ८ सय ८४ सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेको मन्त्रालयले जनाएको छ । 

देशभरि आज ५ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन् । 

३ हजार ७ सय ८९ नमुनाको परिक्षण गर्दा ५ सय ५३ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टाभित्र कोरोना सङ्क्रमणबाट ४ सय ३३ जना मुक्त भएका छन् । आज देशभर कसैको पनि कोरोनाबाट मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button