तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी ।  मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

विराटनगर महानगरपालिका–८ बाल गोपालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । 

शनिवार राती ९ः०० बजे स्थानीय ३० बर्षीय राजु मुखिया आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाइते भएका थिए । 

करेन्ट लागि गम्भीर घाइते मुखियालाई उपचारको लागि कोसी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button