तपाईँ सुन्दै हुनुहुन्छः

निजामती कर्मचारी सङ्गठन बागमती प्रदेशको अध्यक्षमा साह

मकवानपुर । नेपाल निजामती कर्मचारी सङ्गठनको बागमती प्रदेश अध्यक्षमा वरुण कुमार साह चयन हुनुभएको छ ।

शनिबार हेटौँडामा सम्पन्न प्रथम अधिवेशनले साहको अध्यक्षतामा २९ सदस्य प्रदेश समिति गठन गरेको हो ।

सङ्गठनको उपाध्यक्षहरूमा राजेन्द्र कुमार दराइ, प्रमीला केसी, युवराज थापा, महासचिवमा हेम कुमार पाठक, सचिवहरूमा दीपकराज तिमल्सीना, गणेश थापा, देवीदत्त घिमिरे, कोषाध्यक्षमा विष्णु ढुङ्गाना चयन हुनुभएको छ ।

सदस्यहरूमा गणेश केसी, हरिबहादुर रायमाझी, केशव शर्मा, सोमनाथ लामिछाने, मोहन कार्की, कमल प्रसाद भुर्तेल, अनुप केसी, मुकुन्द कुमार खड्का, रविन्द्र कँडेल, गीता ठगुन्ना, टङ्क सिवाकोटी, टेकनाथ काफ्ले, पवन कुमार ठाकुर, छत्रबहादुर माझी, शान्तिराज मैनाली, प्रतिमा सापकोटा, गोकुल सिलवाल लगायतका चयन हुनुभएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सचिवालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज विष्णु प्रसाद अर्यालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button