तपाईँ सुन्दै हुनुहुन्छः

कोसी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै

सुनसरी । कोसी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै गएको छ ।

दिउँसो केही घटे पनि साँझ ७ बजे २ लाख ३१ हजार ९३० क्युसेक मापन गरिएको छ ।

पानी निकासको लागि ३४ वटा ढोका खुला गरिएको र चतरामा भने पानीको बहाव घट्दै गएकाले ब्यारेजमा पनि केही समयपछि पानीको बहाव घट्ने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

बिहान ६ बजेको मापन अनुसार १ लाख ७३ हजार क्युसेक रहेकोमा निरन्तर बढ्दै गएको हो ।

कोसीमा अत्यधिक बहाव हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

यस्तै बस्तीतर्फ कोसी प्रवेश गरेकोले उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button