तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा २२ वटा मतदान स्थल गर्न सिफारिस 

डडेल्धुरा । आगामी संघीय तथा प्रदेश निर्वाचनका लागि डडेल्धुरामा २२ वटा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । 

जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले २२ मतदानस्थल थप गर्न सिफारिस गरेको हो । 

बैठकको निर्णयअनुसार जिल्लामा २२ मतदानस्थल थप गर्न सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीय तह निर्वाचनका लागि भने जिल्लामा ८० मतदानस्थल र १ सय २६ मतदान केन्द्र छन् । 

सरकारले बिहीबार मात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी ४ मङ्सिरमा एकै चरणमा गर्ने घोषणा गरेको थियो । शुक्रवारदेखि जिल्लामा मतदाता नामावली सङ्कलन स्थगित भएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिनुभयो । 

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय जोगबुडाबाट फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button