तपाईँ सुन्दै हुनुहुन्छः

साउन महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय

काठमाडौँ । नेपाल बैंकर्स सङ्घले साउन महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ ।

सङ्घको शुक्रवार बसेको बैठकले साउन महिनाको बिचबाट ब्याजदर बढाउने वा घटाउने गर्ने निर्णय गर्दा अप्ठ्यारो हुने भएकोले ब्याजदर नबढाउने निर्णय गरेको संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताउनुभयो ।

भदौका लागि के गर्ने भन्ने बारेमा पछि छलफल गरेर तय गर्ने पनि सङ्घले निर्णय गरेको छ ।

राष्ट्र बैङ्कले बुधबार मौद्रिक नीति कार्यान्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैङ्क दर परिवर्तन भए बैङ्कहरूले निक्षेपको ब्याजदर परिवर्तन गर्नसक्ने व्यवस्थालाई आधार मानेर ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कले संस्थागत प्रकृतिको मुद्दती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button