तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री राउतद्वारा ‘एक निर्वाचन क्षेत्र एक सडक’को स्थलगत निरीक्षण

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री लालाबाबु राउतले प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तरगत वीरगञ्जको लक्ष्मणवा भिष्वा नगवा इनर्वा छपकैयालाई जोड्ने सडक निर्माणका लागि आज स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

त्यस क्रममा मुख्यमन्त्री राउतले वीरगञ्ज महानगरपालिका २ छपकैया माई मन्दिर क्षेत्रमा सडक निर्माण गर्ने सम्बन्धमा स्थानीय बासिन्दाहरूसँग अन्तरक्रिया पनि गर्नुभयो ।

प्रदेश सरकारद्वारा निर्माण गरिने छपकैया ओम शान्ति टोल, रहमत टोल र मुर्गिया टोलका सडक तथा नाला निर्माण कार्य को लागी छुट्टाइएको ४० लाखको योजनाको समेत स्थलगत अवलोकन गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री राउतले छपकैया बासीहरूको मागअनुसार छपकैया छठघाट मन्दिर निर्माणका लागि आफ्नो संसदीय विकास कोषबाट ६५ लाख रुपैयाँ दिने घोषणा समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button