तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा १२ किलो लागुऔषधसहित १ जना पक्राउ 

बझाङ । बझाङमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित दार्चुलाका एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ बस्ने ४३ वर्षीया विरेन्द्र बहादुर खडायत रहेका छन् । अस्थायी प्रहरी पोष्ट बागथलामा खटिएको नियमित चेकिङ टोलीले बुधबार दिउसो उनलाई पक्राउ गरेको थियो ।

बझाङको सदरमुकाम चैनपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी पोष्ट बागथलामा चेक जाँच गर्दा उनको साथबाट १२ किलो लागुऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो । प्रहरीले खडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा राखिएको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button