तपाईँ सुन्दै हुनुहुन्छः

स्वीडेनका स्वास्थ्य संस्थामा फेरि मास्क अनिवार्य

स्टकहोम। स्वीडेनका स्वास्थ्य संस्थाहरूमा फेरि मास्क प्रयोग अनिवार्य गरिएको छ ।

कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि अस्पताल तथा नर्सिङ होमहरुमा सबैले मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको हो स्टकहोम

कोरोनाका कारण पछिल्लो समय कतिपयको मृत्यु भएको र कतिपयको अवस्था गम्भीर रहेको पाइएको छ ।

स्वीडेनका २१ प्रशासनिक क्षेत्र मध्ये १७ क्षेत्रमा अघिल्लो हप्तादेखि नै स्वास्थ्य संस्थाहरुमा मास्क अनिवार्य गर्न निर्देशन दिइएको थियो ।

त्यसैगरी विमानस्थलहरुमा पनि मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वीडेनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको ताजा विवरण अनुसार अघिल्लो हप्ताको तलुनामा अहिले १३ प्रतिशतले सङ्क्रमितहरुको सङ्ख्या बढेको छ ।

गत जुलाई १८ देखि २४ सम्ममा २१ हजार ७५१ जना सङ्क्रमित भएका थिए । तीमध्ये अधिकांश ७० बर्षभन्दा बढी उमेरका थिए ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button