तपाईँ सुन्दै हुनुहुन्छः

नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै हुने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताउनुभएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता गण्डकी प्रदेशमा आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा मात्र काठमाडौँमा केही खेल गराउन सक्ने सङ्केत उहाँले गर्नुभयो । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आज आयोजित स्पोटर्स डाइलगको पहिलो शृङ्खलामा सदस्यसचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना रहेको बताउनुभयो । 

उहाँले यस पटक राष्ट्रिय खेलको पहिलो संस्करणदेखि नवौँसम्मका खेलकुदका डाटा सुरक्षित गरिने तयारीसमेत रहेको बताउनुभयो । यसैगरी सदस्य सचिव घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट चीनमा आयोजना हुने १९ औँ एसियाली खेलकुदको लागि खेलाडी छनोटसमेत गरिने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button