तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेको छः मन्त्री बडू

कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले सरकारले औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७ औँ कार्यकारी समितिको शपथ तथा पदभार ग्रहण कार्यक्रममा मन्त्री बडूले अर्थतन्त्र सुधार र समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेकोले सरकारले औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर थुप्रै कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

सरकारले कञ्चनपुरका दोधारा चाँदनी सुख्खा बन्दरगाह र दैजी औद्योगिक क्षेत्रलाई अघि बढाउने प्रतिबद्धता मन्त्री बडूले जनाउनुभयो । बन्द उद्योग सञ्चालन गर्ने सरकारको नीति रहेको बताउँदै मन्त्री बडूले चालु वर्षदेखि प्रधानमन्त्री राष्ट्रिय उत्पादन उपभोग कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।

औद्योगिक क्षेत्र विस्तारका लागि निजी क्षेत्रसँग साझेदारी र सहकार्य समेत आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button