तपाईँ सुन्दै हुनुहुन्छः

बहिनीलाई करणी गरेको आरोपमा दाजु पक्राउ

दाङ । दाङमा बहिनीलाई करणी गरेको आरोपमा दाङमा दाजु पक्राउ परेका छन् ।

बहिनीलाई करणी गरेको आरोपमा शान्तिनगरका चुमन बिक पक्राउ परेका हुन् । घरमा कोही नभएको समयमा मङ्गलवार दिउसो ८ बर्षीया बहिनीलाई करणी गरेर चमन बिक फरार भएका थिए । फरार भएका बिकलाई आज बिहान आफन्तको घरमा बसिरहेको समयमा बिजौरीबाट पक्राउ गरिएको छ ।

बुवा ट्याक्टर चलाउन र आमा घरायसी कामका सिलसिलामा बाहिर गएको समयमा चमनले बहिनीलाई मकै बारीमा लगेर करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चमनलाई अदालतबाट म्याद थप गरेर कानूनी उपचार सुरु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अभिभावकको तर्फबाट उजुरी परेको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभएको छ । 

घटनाका बारेमा मङ्गलवार बेलुका मात्रै जानकारी भएको थियो । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।      

प्रतिक्रिया राख्नुहोस्

Back to top button