तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाको सिकागो नजिक  स्वतन्त्रता दिवसको र्‍यालीमा  गोली चल्दा ६ को मृत्यु २४ घाइते   

काठमाडौं । अमेरिकाको सिकागो सहर नजिक अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा निकालिएको  र्‍याली एक बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु हुनाका साथै २४ जना घाइते भएका छन् ।  

प्रहरीले गोली प्रहारको आरोपमा २२ वर्षीय रोबर्ट इ क्राइमोलाई पक्राउ गरेको सञ्चार संस्था बिबिसीले उल्लेख गरेको छ । 

आरोपितले अत्याधुनिक हातहतियार प्रयोग गरी घटना घटाएको जनाइएको छ । 

 अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त घटनाले आफूलाई स्तब्ध बनाएको बताउनु भएको  छ । 

अमेरिकामा यस वर्ष हरेक साता कम्तीमा एक गोली प्रहारको घटना भएको, बिबिसीले  जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button