तपाईँ सुन्दै हुनुहुन्छः

हिंसा पीडितलाई अधिकारकर्मीद्वारा पुनर्स्थापना

सुनसरी । सुनसरीको इनरुवा नगपालिका ७ की एक हिंसापीडित महिलालाई घर निकाला गरिएकोमा एक महिनापछि घरमा पुनर्स्थापित गराइएको छ ।

सुनसरी जिल्ला अदालतमा पशुपति सिंह समेतलाई विपक्षी बनाई असार १० गते घरेलु हिंसा मुद्दा दिएकी इनरुवा नगपालिका ७ की २५ वर्षिया रविता कुमारी चौधरीलाई असार १२ गते घरमै बस्न र मासिक १५ हजार रुपियाँ खर्च व्यहोर्न अन्तरिम आदेश दिएकाले घरमा पुनर्स्थापित गराइएको हो ।

अदालतको आदेशलाई कार्यान्वयन गर्न गैरसरकारी संस्था महासङ्घ, इन्सेक सुनसरी र ओरेक सहितका संस्थाहरूले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई आग्रह गरेकोमा प्रहरीले पीडितको घरमा पुनर्स्थापित गराइदिएको हो ।

पीडितलाई घरमै बस्नका लागि वातावरण मिलाउन वडाध्यक्ष हिम्मत सिंह, पूर्व वडाध्यक्ष किशोर सिंह र वडा सदस्य जय कुमार सिंह सहितले पहल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button