तपाईँ सुन्दै हुनुहुन्छः

‘मधेश प्रदेशमा खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध’

जनकपुरधाम । मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकूदमन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशमा खेलकुद क्षेत्रको विकासका लागि सरकार तत्पर रहेको बताउनुभएको छ ।

ओलम्पिक दिवसको अवसरमा स्पोर्टस फर अल कमिसन मधेश प्रदेशको उपलक्ष्यमा आयोजना गरिएका विभिन्न कार्यक्रमको समापनमा खेलकूदमन्त्री सिंहले मन्त्रालय स्थापना भएको एक वर्षको अवधिमा सीमित बजेटका बाबजुद खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले सीमित बजेटका बाबजुद प्रत्येक प्रदेश सभाको निर्वाचन क्षेत्रमा खेलकुद मैदानको विकास गर्ने पक्षमा रहेको बताउँदै विद्यालय स्तरमा खेलकुदको वातावरण विकासका लागि बजेटको व्यवस्थापन भएको बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका धनुषा अध्यक्ष एवं प्रदेश सभाका सदस्य परमेश्वर साहले खेलकुदको विकास कुनै पनि सरकारको प्राथमिकतामा नपरेका कारणले विकासको व्यापक सम्भावना हुँदा पनि पछि परेको बताउनुभयो ।

स्पोर्टस फर अल कमिसन मधेश प्रदेशका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्व नगर प्रमुख बजरङ्गप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा ओलम्पिक डेको अवसर पारेर जनकपुरधामको संकटमोचन देवशरण रामरति माध्यमिक विद्यालयमा आयोजना गरिएको कबड्डी, वक्तृत्वकला, हाजिरी जवाफ, वादविवाद, गीत गायन, नृत्य कला, चित्रकला सहितको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई पदक, प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button