तपाईँ सुन्दै हुनुहुन्छः

न्यौपानेको बर्मा र थाइल्याण्डभित्र नेपाल विमोचन

काठमाडौं । नियात्राकार नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्याण्डभित्र नेपाल’ नामक कृति विमोचन भएको छ । नियात्रा समाज नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कृतिको विमोचन गरेको हो ।

यो कृतिमा बर्मामा नेपाली कसरी पुगे र त्यहाँ उनीहरुको जीवनयापको अवस्था कस्तो छ भन्ने बारे चर्चा गरेको छ । नेपाली भाषा र साहित्यलाई बर्मामा बसेर पनि उनीहरुको माया अगाध माया रहेको छ । बर्मेलीहरु गर्वका साथ आफु बर्माको नागरिक भएको भएपनि तन मन नेपालमा रहेको अभिव्यक्ति यो कृतिले दिएको छ ।

बर्मा र थाइल्याण्डको तुलनात्मक अध्ययन र त्यहाँको अवस्था बारेमा जान्नका लागि यो कृति एउटा गाइड दस्तावेज हो भन्नु अतियुक्ति हुँदैन । यो कृतिमा उल्लेख भएका पक्षहरुको बारेमा कवि एवं निबन्धकार बोधराज पौडेलले समीक्षा गरेका थिए ।
न्यौपानेका हराएका कैदीहरु, यात्राको बंगलादेश, अन्तिम घुट्को An Odyssey in Cyclone उल्टो रीस, दरबारबाहिरकी महारानी, Highway and Bridge Engineering, कङ्गो र इथिपियाको सेरोफेरो कृति प्रकाशित रहेका छन् ।

कार्यक्रममा राधेश्याम लेकाली, प्रतीक ढकाल, युवराज नयाँघरे, खेमराज पोखरेल, मोहन चापागाईं, अनुमप रोगी, शर्मिला खड्का दाहाल, मन्जिला अनिल, गीता रेग्मी, सूर्य बि.सी., सुजन तिमिल्सेनालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button