तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति नवलपुरमा एमाले विजयी

कावासोती । जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ ।

आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । 

जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी हुनुभएको छ । सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी हुनुभएको छ ।  

जिल्ला समन्वय समितिमा एमालेको ११ र काँग्रेसको पाँच मत रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button