तपाईँ सुन्दै हुनुहुन्छः

विदेशी मुद्रा संचिति बढाउन चिया कम पिउन पाकिस्तानी मन्त्रीको सुझाव 

काठमाडाैं । पाकिस्तानका एक मन्त्रीले त्यहाँका जनतालाई देशको अर्थतन्त्र बचाउन चिया कम पिउन सुझाव दिनु भएको छ । 

पाकिस्तानका वरिष्ठ मन्त्री एहशान इकवालले चिया कम पिउँदा चियाको आयत घट्ने र पैसा देशमै रहने बताउनु भयो । 

पाकिस्तान विश्वकै सबै भन्दा धेरै चिया आयत गर्ने मुलुक हो ।

पाकिस्तानको विदेशी मुद्रा संचिति आगामी दुई महिनालाई मात्र पुग्ने र अत्यावश्यक वस्तु आयात गर्न पाकिस्तानलाई तत्काल विदेशी मुद्रा चाहिएको सञ्चार माध्यम बिबिसीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button