तपाईँ सुन्दै हुनुहुन्छः

सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसङ्घको माग

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीहरूलाई वितरण गर्न माग गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुल्हो दिने निर्णयको नेविसङ्घले स्वागत गर्दै आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button