तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मङ्गलवार दिउँसो ४ बजे चितुवाको आक्रमणमा परी बन्दिपुर १ बोडी स्वाँराका ५ वर्षीय सुप्रिम बगालेको मृत्यु भएको हो ।

प्रेम बगालेका छोरा सुप्रिमलाई घरमै आएर चितुवाले आक्रमण गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘आँगनमा दिदीभाई खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर लगेको हो । घरभन्दा दुई सय मिटर माथि छापेली सामुदायिक वनमा बालकको शव भेटिएको छ’, उहाँले भन्नुभयो । आधा घण्टापछि बालकको शव भेटिएको हो ।

सो क्षेत्रमा शनिबार राती र आइतबार बिहान पनि चितुवाको आक्रमण परी दुई जना घाइते भएका थिए । जिल्लामा सुप्रिम सहित पछिल्लो चार वर्षको अवधिमा १२ बालबालिकाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button