तपाईँ सुन्दै हुनुहुन्छः

खुम्बु भ्रमणमा आएका दुई विदेशी पर्यटक २४ दिनदेखि बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्क विहीन भएका छन् । सम्पर्क विहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गएको जेठ ५ गते मञ्जो जोरसल्ले चेकपोष्टमा इन्ट्री भएर आधार शिविरतर्फ लागेका दुवै पर्यटक त्यसयता सम्पर्कमा आउन नसकेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो । पर्यटकहरूको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्रसमेत रहेको छ । 

फाइल फोटो : नाम्चेमा रहेको पर्यटक सूचना केन्द्र ।

भारतीय नागरिक सम्पर्क विहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दुतवासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

पथप्रदर्शक विना खुम्बु घुम्न आएका उनीहरूको खोजीका लागि खुम्बु क्षेत्रका लुक्ला, नाम्चे, खुम्जुङस्थित सबै प्रहरी इकाईलाई सक्रिय बनाइएको प्रनाउ शाहले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button