तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति सुनसरीको प्रमुख र उपप्रमुखमा काँग्रेस विजयी

सुनसरी । जिल्ला समन्वय समिति सुनसरीको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । 

जिससको आज भएको निर्वाचनमा प्रमुखमा नेपाली काँग्रेसका राजन मेहता र उपप्रमुखमा काँग्रेसकै कमला खतिवडा विजयी हुनुभएको छ । 

राजन मेहता इनरुवा नगरपालिकाका निवर्तमान मेयर समेत हुनुहुन्छ ।   स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेर निर्वाचित हुने जिससमा अघिल्लो पटक पनि काँग्रेसले नै नेतृत्व गरेको थियो ।

१२ स्थानीय तहका २४ जनप्रतिनिधिबाट भएको मतदानमा प्रमुखमा राजन मेहताले १४ र नेकपा एमालेका उम्मेदवार जगनारायण मेहताले १० मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा कमला खतिवडाले १४ मत पाइ विजयी हुँदा एमाले उम्मेदवार सबिना सिग्देल रेग्मीले १० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button