तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला समन्वय समिति सुनसरीको निर्वाचन जेठ ३० गते

सुनसरी । जिल्ला समन्वय समिति सुनसरीको निर्वाचन जेठ ३० गते अर्थात् भोलि (सोमबार) हुने भएको छ । 

जिससको निवार्चनमा गठबन्धनको पुरै प्यानल र नेकपा एमालेका ३ जना उम्मेदवार प्रतिस्पर्धा हुनुहुन्छ । 

नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी सहितको प्यानलका जिसस प्रमुखमा राजन मेहता, उपप्रमुखमा कमला दाहाल, महिला सदस्यमा शेष कुमारी घिमिरे, लाल कुमारी चौधरी, कलावति माझी, दलित सदस्यमा  कुमारी विश्वकर्मा, खुल्ला सदस्यमा टङ्कप्रसाद गुरुङ, सलिम मियाँ र भुपेन्द्र उरावले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यसैगरी नेकपा एमालेबाट जिल्ला  समन्वय समितिका  प्रमुखमा जगनारायण मेहता,  उपप्रमुखमा सबिना सिग्देल र  दलित महिला  सदस्यमा  सृजना विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जिससमा प्रमुख र उपप्रमुख तथा दलित महिला सदस्यमा दुई जनाको उम्मेदवारी दर्ता भएकाले जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरूले मतदान गर्ने व्यवस्था छ । 

जिल्लामा नेपाली काँग्रेसको १३, नेकपा(माओवादी केन्द्र) को एक, नेकपा समाजवादी पार्टीको एक गरी १५ मत रहेको छ भने एमालेसँग ८ र स्वतन्त्रको १ मत रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button