तपाईँ सुन्दै हुनुहुन्छः

१२० जना ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण

चितवन । समृद्धि फाइनान्स नारायणगढ शाखाले ज्येष्ठ नागरिकलाई सम्मान तथा स्वास्थ्य परीक्षण गरेको छ । आज नारायणगढमा ज्येष्ठ नागरिक मिलन केन्द्रको समन्वयमा सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको हो ।

७० वर्षदेखि माथिका वृद्धहरूलाई गरिएको सम्मानमा ९७ वर्षका एक स्थानीय ज्येष्ठ नागरिकबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । एलाईभ हस्पिटल भरतपुरले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरेको थियो । हस्पिटलका डाक्टर सन्तोष सुबेदी स्टाफ नर्स स्वस्तिका पौडेल र लक्ष्मण खरेल सहितको टिमले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।

फाइनान्सले भरतपुर महानगरपालिकाका वडा नम्बर १, २, ४, ७ र १० का १२० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै फाइनान्सका सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत ज्येष्ठ नागरिकलाई सम्मान गरिएको बताउनभयो ।

फाइनान्सका नारायणगढ शाखाका प्रबन्धक विकास सापकोटाले समाजमा ज्येष्ठ नागरिकलाई पनि माया र सम्मान दिनुपर्छ भन्ने सन्देश दिन पनि ज्येष्ठ नागरिकलाई सम्मान गरिएको बताउनुभयो ।

फाइनान्सले महिनैपिच्छे विभिन्न सामाजिक कार्य गर्दै आएको छ । यसअघि फाइनान्सले यातायात मजदुरलाई वित्तीय साक्षरता, रक्तदान, सामुदायिक विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेको थियो भने आगामी महिना पनि वृक्षारोपण, स्टेशनरी सामाग्री वितरणको कार्यक्रम राखिएको सापकोटाले जानकारी दिनुभयो ।

फाइनान्सको नारायणगढ सहित काठमाडौँ, पोखरा, बुटवल, हेटौँडा सहित पाँच वटा शाखा सञ्चालित छन् । यी सबै शाखामा आज एकै पटक ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button