तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री मिथिलाको निधन

सप्तरी। पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिनुभएको छ ।

मिथिला संविधानसभा सदस्यसमेत रहनुभएको थियो । नेकपा (संयुक्त)को सांसद रहेको बेला उहाँले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button