तपाईँ सुन्दै हुनुहुन्छः

तीन झोलुङ्गे पुलको निर्माण सम्पन्न


किमाथाङ्का। पूर्वाधार विकास कार्यालय सङ्खुवासभाले यो आर्थिक वर्षमा तीन झोलुङ्गे पुल निर्माण गरेको छ ।

सङ्खुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो ।

बेन्देकसुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय सङ्खुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिनुभयो । झोलुङ्गे पुल निर्माण भएपछि मकालु–६ कै दुई गाउँ जोडिएका छन् भने पुल निर्माण भएपछि वालिङका स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

एक करोड आठ लाख ४८ हजार लागतमा निर्माण भएको सो पुलको लम्बाई १३३ मिटर रहेको छ । बेन्देकसुवा को झोलुङ्गे पुल सिर्जना एण्ड सुमन एसोसियट जेभीले निर्माण गरेको हो ।

उक्त क्षेत्रमा पुल नहुँदा स्थानीयले बर्खायाममा समस्या झेल्नुपरेको थियो । यसभन्दा अगाडि त्यहाँका नागरिकले जोखिम मोलेर काठको पुलबाट यात्रा गर्दै आएका थिए ।

यसैगरी त्रेह्रथुमका माङ्सेवा खोला र खोरङ्गा खोला मा दुई वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । तेह्रथुमको लालिगुराँस नगरपालिका–३ र ४ जोड्ने खोरङ्गा खोला र मेन्छ्यायेम गाउँपालिका–५ यो आर्थिक वर्षमा पुल सम्पन्न भइ सञ्चालनमा आएको पूर्वाधार कार्यालय प्रमुख सिंहले बताउनुभयो । पूर्वाधार कार्यालयले नौ वटा मुख्यमन्त्री ग्रामिण सडक निर्माण सम्पन्न गरिसकेको जनाएको छ । त्यस्तै चार बहुवर्षे सडक निर्माण चरणमा रहेको छ । पूर्वाधार कार्यालयले निर्माण गरेको हेवा खोलाको मोटरेवल पक्की पुल छ महिना अघिदेखि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button