तपाईँ सुन्दै हुनुहुन्छः

जिसस कपिलवस्तुको प्रमुखमा एमालेका आचार्य

कपिलवस्तु । कपिलवस्तु जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा (एमाले)का बाबुराम आचार्य निर्वाचित हुनुभएको छ । प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट आचार्य निर्वाचित हुनुभएको हो ।

उपप्रमुखमा एमाले, लोसपा र राप्रपा गठबन्धनबाट रमेश कुर्मी निर्वाचित हुनुभएको छ । मत बराबर भएपछि जिल्ला समन्वय समितिका ६ सदस्यको समेत गोला प्रथाबाटै चयन गरिएको थियो । सदस्यहरूमा काँग्रेसका सुनिता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, काँग्रेसका मनोहर धुनियाँ र जसपाका रामु अहिर निर्वाचित हुनुभयो ।

यस्तै गोला प्रथाबाटै सदस्यमा एमालेकी शकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित हुनुभयो । समन्वय समितिको निर्वाचनमा काँग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सित चुनावी तालमेल गरेको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button