तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा 

चितवन । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो । 

इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।  बुधवार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो । 

यस्तै नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो । 

रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button