तपाईँ सुन्दै हुनुहुन्छः

औरही बाबा स्थानमा बृहत सरसफाई

बर्दिवास । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही बाबा स्थानमा बृहत सरसफाई गरिएको छ ।

मगही भाषा अभियानी एवं पर्यावरण अभियन्ता फुलगेन मगहीको संयोजकत्व तथा ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानको सहकार्यमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

औरही बाबा स्थानलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको अभियन्ता मगहीले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रममा पुग्नुभएका मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीले औरही बाबा स्थानलाई पर्यटकीय स्थलको रुपमा विकासका लागि आवश्यक पहल गर्न तयार रहेको बताउनुभयो ।

उपमेयर बुढाथोकीले औरही स्थानसँगै रहेको दिलिप बाटिकाको समेत अवलोकन गर्नुभयो । दिलिप बाटिकाका लागि मास्टर प्लान बनाएर सौन्दर्यकरण काम अघि बढाउन उपमेयर बुढाथोकीले सुझाव दिनुभएको थियो ।

सरसफाई कार्यक्रममा मिथिला नगरपालिका-५ का वडाध्यक्ष रामचन्द्र महतो, दंगा प्रहरीका एसपी ज्ञानेन्द्र फुयाँल, ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंह, प्रतिष्ठानका पदाधिकारी, नेपाल प्रहरी, दंगा प्रहरी, स्थानीयवासीलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button