तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा ४ वटा संवैधानिक निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा ४ वटा संवैधानिक निकायको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट  खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन,२०७७/२०७८ र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन,२०७७/२०७८ सभा समक्ष पेस गर्नुभयो ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन,२०७७/२०७८ र थारु आयोगको वार्षिक प्रतिवेदन,२०७७/२०७८ पनि मन्त्री चौधरीले सभा समक्ष पेश गर्नुभयो ।

यस अघि विशेष समयमा बोल्दै सांसद्हरुले किसानहरूलाई खाद्य मलको यथाशीघ्र व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदद्वय प्रकाश पन्त र रामचन्द्र राईले खेतिबाली लगाउने सिजनमा किसानहरूलाई खाद्य मलको अभाव रहेको भन्दै समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोपी बहादुर सार्की(अछामी)ले वर्षायामसंगै फोहोरले महामारी निम्त्याउने खतरा रहेको भन्दै छिट्टै नै फोहोरको उचित व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक बुधवार (भोलि ) दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button