तपाईँ सुन्दै हुनुहुन्छः

कुटपिटबाट वृद्धाको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोमा कुटपिटबाट एक जना वृद्धाको मृत्यु भएको छ । ३० वर्षीय कोइली भनिने शिवकुमार बढईको कुटाइबाट ७० वर्षीया लिलावती गुप्ताको मृत्यु भएको हो ।

गुप्ताको किराना पसल छ । त्यही पसलमा बढई सामान किन्न गएका थिए । सामान किन्ने विषयमा गुप्तासँग विवाद हुँदा बढईले गुप्तालाई कुटपिट गरी फरार भएका थिए । गुप्ताको उपचारका क्रममा गएराती मृत्यु भएको हो । 

बढईलाई जमुनाहबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button