तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस धरान उपमहानगर समितिद्वारा मेयरका प्रत्याशीसहित २० वटै वडाका निर्वाचित जनप्रतिनिधिलाई  सम्मान

सुनसरी ।  सुनसरीको धरानमा नेपाली कांग्रेस धरान उपमहानगर समितिले आइतबार मेयरका प्रत्याशीसहित २० वटै वडाका निर्वाचित जनप्रतिनिधिलाई तथा पराजित भएकाहरूलाई सम्मान गरेको छ ।  

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका नेता राजीव कोइरालाले मेयरका प्रत्याशीसहित २० वटै वडाका निर्वाचित जनप्रतिनिधिलाई तथा पराजित भएकाहरूलाई सम्मान गर्नुभएको हो ।

कांग्रेस धरान नगर समितिका सभापति श्याम पोखरेलका अनुसार २०७६ को उपनिर्वाचनमा धरानको मेयरमा नेपाली काँग्रेसबाट विजयी भएका तिलक राई र वडा नं. ५ का तत्कालीन वडाध्यक्ष सन्तोष लिम्बूलाई पनि सम्मान गरिएको जानकारी दिनुभयो । 

यस्तै, इनरुवा नगरपालिकाका मेयर तथा कांग्रेस जिल्ला सभापति केदार भण्डारीलाई समेत सम्मान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button