तपाईँ सुन्दै हुनुहुन्छः

जिसस कैलालीको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता

धनगढी । यहि जेठ ३० गते हुने जिल्ला समन्वय समिति कैलालीको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र (उम्मेदवारी) दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिससको प्रमुख, उपप्रमुख र सदस्य पदमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली काँग्रेसका पदम कलेल र नागरिक उन्मुक्ती पार्टीका ईन्द्र चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको बताउनु भयो । यस्तै उप–प्रमुख पदमा नेकपा एमालेका राजेन्द्र प्रसाद खनाल र नेकपा माओवादी केन्द्रका खगराज भुषालको उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो ।

जिसस कैलालीको निर्वाचनमा सत्ता गठबन्धन (काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी) तथा एमाले र नागरिक उन्मुक्तीबिचको गठबन्धन चुनावी मैदानमा होमिएको छ ।

१३ पालिका रहेको कैलालीमा २६ मतदाता रहेका छन् । काँग्रेसको ८, नागरिक उन्मुक्ती ७, एमाले ५, माअओवादी केन्द्र ४, एकीकृत समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको छ ।

जिससको प्रमुख, उप(प्रमुख र ७ सदस्य पदका लागि जेठ ३० गते मतदान गर्ने कार्यक्रमको रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button