तपाईँ सुन्दै हुनुहुन्छः

रूसबाट तेल आयात र गहुँ निर्यातमा प्रतिबन्धबारे भारतद्वारा प्रतिरक्षा

स्लोभाकिया। युरोपको राजनैतिक आँखाबाट हेर्दा रूसबाट कच्चा तेल आयात गर्नु हुँदैन भन्नु स्वभाविक भएपनि भारतका लागि यो सम्भव नभएको बताएको छ ।

ग्लोबसेक–२०२२ ब्राटिस्लाभा फोरममा बोल्दै विदेश मन्त्री एस जयशंकरले भन्ुभयो, “हामी मानिसहरूलाई रुसी तेल किन्न पठाउँदैनौं, उनीहरूलाई बजारबाट उत्कृष्ट तेल खोजी गर्दा रूसी उत्पादनले पनि स्थान पाउने गरेको हो ।”

जयशंकरले रूसबाट युरोपले निरन्तर ग्याँस खरिद गरेको भन्दै भारतले तेल आयात गर्नु कुनै ठूलो भूल नभएको बताउनुभयो ।

उहाँले एक प्रश्नको जवाफमा भन्नुभयो, “रुसी ग्यास खरिद गर्नु भनेको युद्धलाई आर्थिक सहयोग गर्नु होइन, किनकि यो भारतबाट आउने भारतीय पैसा र फन्ड मात्र होइन । यूरोप आउने ग्यास पनि रोकिएको त छैन नि ।”

भारतीय विदेशमन्त्रीले भन्नुभयो, “कच्ची तेलको आयात बढ्नुमा विश्व बजारमा देखिएको तेल अभाव र यसको प्रभाव भएको उहाँको भनाइ रहेको छ ।

जयशंकरले भन्नुभयो, “तेलबजारमा तेलको अत्यधिक अभाव छ र तेलमा सबैको पहुँच कठिन छ, भारतजस्तो देश ले अरुबाट तेल लिएर नियमितबाहेकका अरु कुनै मुलुकलाई तेल बेचेमा प्रश्न सान्दर्भिक ठहरिने छ तर यसो गरिएको छैन ।”

यूरोपको समस्या विश्वको समस्या हो तर विश्वका समस्या यूरोपको समस्या होइनन् भन्ने मानसिकताबाट यूरोप पछि हट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रीले गहुँ निर्यातमा कटौती गर्न हालै गरिएको कदमको बचाव र औचित्य पुष्टि गर्दै भारतीय गहुँ भण्डारण गरिएको र यो अनुमानित व्यापारका लागि प्रयोग गरिएको उहाँले बताउनुभयो ।

“धेरैजसो हाम्रा छिमेकी बङ्गलादेश, श्रीलङ्काजस्ताकम आय भएका देशहरू र खाडीमुलुक जस्ता परम्परागत क्रेताहरू हुन् । उनीहरूले हामीबाट नियमित रूपमा किनमेल गर्छन् । यमन र सुडानले हामीबाट किन्छ । हामीले देखेको कुरा के भने कम आय भएका क्रेताहरूलाई अभावमा पारिएको छ । भारतले वास्तवमा गहुँ किनबेचको लागि भण्डारण गरिरहेका हो । हाम्रो सद्भावका आधारमा उनीहरूले समस्या महशुस गर्ने छैनन् ।

गहुँ निर्यात रोक्नुको कारण घरेलु मूल्य नियन्त्रणका लागि पनि हो । हामी अनावश्यक व्यक्ति वा फर्मलाई भारतीय बजारमा खुला पहुँच दिने छैनौं । हामी अझै पनि यो गर्न खुला छौं जहाँ हामीले आपूर्ति गरेको गहुँ चाहने योग्य देश देख्छौं, हामीले २३ देशहरूमा गहुँ निर्यात गरेका छौं । यस वर्ष निर्यातको दर, गत वर्षको जस्तै अवधिसम्म हेर्नुहोस् । सन्तुलित नै रहनेछ ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button