तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा बिद्युत्को  बक्यौता नतिरेको भन्दै दुई वटा केबल नेटको लाइन काटियो

सुनसरी ।  सुनसरीको दुहबीमा दुई वटा केबल नेटको बिद्युत् लाइन काटिएको छ । 

नेपाल बिद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रको  बिद्युत् पोल भाडा आर्थिक वर्ष २०७५/०७६ देखि  २०७८/०७९ बक्यौता नतिरेको भन्दै दुई वटा केबल नेटको लाइन काटिएको हो ।  

लाइन काटिएसँगै भायोनेट कम्युनिकेसन र सुविसु नेटले रकम तिर्ने प्रतिबद्धता जनाएको छ । 

लाइन काटिएकाले भायानेट कम्युनिकेसनले  ९६ हजार ७२८ रुपियाँ र सुविसु नेटले तीन लाख २३ हजार १८० रुपियाँ बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाएको नेपाल बिद्धुत प्राधिकरण दुहबी वितरण केन्द्रले जनाएको छ ।

लाइन नकाटी बेवास्ता गर्दै आएको भायानेट कम्युनिकेसन र सुविसु नेटलाई लाइन काटेसँगै समर्पक आएको र दुई दिनभित्र बक्यौता रकम तिर्ने सम्झौता गरेको र प्रतिबद्धता जनाएको नेपाल  बिद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिनुभयो ।

त्यस्तै, क्लासिक टेकलाई समेत वार्निग दिएको बक्यौता नतिरे उसको  बिद्युत् लाइन काटिने  बिद्युत् प्राधिकरण दुहबी वितरण केन्द्रले जानकारी दिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button