तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल जारी  

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आज पनि जारी छ । 

बैठकमा सांसदहरुले बजेट स्वागत योग्य रहेको भन्नुहुँदै प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । 

छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद गगन थापाले यो बजेटले स्पष्ट र उपयुक्त गति समातेको बताउनुहुँदै बजेटले विद्युतीय चुल्होमा छुट, आयकर छुट, तलब वृद्धि, निजी क्षेत्रको विषयलाई सम्बोधन लगायतले नागरिकको आत्मविश्वास बढाएको बताउनुभयो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले यो बजेट वितरणमुखी भएको र सीमाको समस्यालाई समेत सम्बोधन नगरिएको  टिप्पणी गर्नुहुँदै बजेट कार्यान्वयनमा आशङ्का व्यक्त गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणी पोखरलेले बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्नुहुँदै स्वास्थ्य र शिक्षाको गुणस्तरमा सुधार गर्ने योजना स्वागयोग्य भएको बताउनुभयो । 

सांसदहरू जीवनराम श्रेष्ठ, सूर्यनारायण यादव,एकबाल मिया, प्रेम सुवाल,खगराज अधिकारी लगायतले स्वास्थ्य बिमा कम्पनीलाई दिने विषय पुनरावलोकन गर्नुपर्ने, बजेटले कृषि, पर्यटन, शिक्षा, खेलकुद, विद्युतीय चुल्हो समेटे पनि कार्यान्वयन गर्ने निकायको कमजोर क्षमता अभिवृद्धि गर्नुपर्ने, सरकारी स्कुलमा बजेट कम भएको, महँगी नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button