तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा आजदेखि तीन दिने एकल चित्रकला प्रदर्शनी सुरु

धनकुटा । धनकुटामा आजदेखि तीन दिने एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।

हाम्रो बहुमुखी पाठशाला धनकुटाको आयोजनामा चित्रकार डिल्लीकृष्ण आलेको एकल चित्रकला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा आलेद्वारा निमार्ण गरिएको चित्रहरू राखिएको छ । हाम्रो बहुमुखी पाठशाला धनकुटाद्वारा आयोजित एकल चित्रकला प्रदर्शनी तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिकाका नवनिर्वाचित प्रमुख चिन्तन तामाङले चित्र बनाएर उद्घाटन गर्नुभयो । 

तीन दिनसम्म चल्ने उक्त एकल चित्रकला प्रदर्शनीमा आलेद्वारा निर्मित २ सय ५० बढी चित्रहरू प्रदर्शनीमा राखिएको पाठशालाका अध्यक्ष सरोज भुजेलले जानकारी दिनुभयो ।

चित्र प्रदर्शनी हेर्नलाई धनकुटास्थित विद्यालयका विद्यार्थी र स्थानीयवासीको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button