तपाईँ सुन्दै हुनुहुन्छः

२५ आवश्यक सेवामा हडताल निषेध गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तर्राष्ट्रिय बजारको मापदण्ड अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि ऊर्जा क्षेत्रबाट जनतालाई विकल्प दिने बताउनुभयो ।

मन्त्री कार्कीले नेपालमा उत्पादन भएको ऊर्जालाई सदुपयोग गर्दै विद्युतीय चुल्हो, विद्युतीय सवारी साधनलाई उच्च प्राथमिकताका साथ सरकारले मङ्गलवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राखेको बताउनुभयो । 

नागरिकता विधेयक सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री कार्कीले नागरिकता विधेयक मुलुकको आवश्यकता भएकाले सबैको सहमतिमा यसलाई चाँडै नै पारित गर्ने सरकारको स्पष्ट धारणा रहेको बताउनुभयो । 

सरकारले लोकसेवा आयोगको सिफारिसमा नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय समेत गरेको छ । 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (भिडियो ):

प्रतिक्रिया राख्नुहोस्

Back to top button