तपाईँ सुन्दै हुनुहुन्छः

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बर मतले अग्रता लिइरहनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार हमालले १५ हजार ४२८ मत प्राप्त गर्नु भएको छ । उहाँलाई नेपाली काँग्रेसका नृप बहादुर वड ७ हजार ५९६ मतका साथ पछ्याइरहनु भएको छ । यस्तै नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ५१३ मत प्राप्त गर्नु भएको छ । 

यसैगरी उपमेयरमा नेकपा माओवादी केन्द्रका शान्ति अधिकारीले ६ हजार ९८३ मत र नेकपा एमालेका कन्दकला रानाले ६ हजार ९६ मत प्राप्त गर्नु भएको छ ।

धनगढी उपमहानगरमा कुल ६३ हजार ७१५ मत खसेकोमा हालसम्म ३३ हजार ६५२ मत गणना पूरा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button