तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज दोब्बर मतले अगाडि 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका बागी एवं स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुढीे निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि रहनु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको २५ वडा मध्ये ७ वटा वडाको मतगणना हुँदा साहले ४ हजार ६ सय २५ मत सहित अग्रता लिनु भएको छ । उहाँका निकट प्रतिस्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार शिवशंकर साह हिराले २ हजार ७ सय मत प्राप्त गर्नु भएको छ । 

यसै स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार ३ सय २० मत प्राप्त गर्नु भएको छ । उपप्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार किशोरी साहले ४ हजार ५ सय ७१ मत प्राप्त गरेर अग्रता लिइरहनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी रुना देवी झा २ हजार ५ सय ३९ मत प्राप्त गर्नु भएको छ । 

तेस्रोमा लोकतान्त्रिक समाजवादी पार्टीका उपमेयर पदका उम्मेदवार रिता कुमारी मिश्रले १ हजार २ सय ६५ मत प्राप्त गर्नु भएको छ । अहिले जनकपुरधाम उपमहानगरपालिकाको मतगणना ४ ठाउँमा भइरहेको छ । मत परिणाम ढिलो भएको गुनासो भएपछि ४ ठाउँबाट मतगणना भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button