तपाईँ सुन्दै हुनुहुन्छः

सप्तकोशी नगरपालिकाको मेयरमा काँग्रेसका कृष्ण ढकाल निर्वाचित

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाको मेयर र उपमेयर नेपाली काँग्रेसले जितेको छ । मेयरमा कृष्ण ढकाल र उपमेयरमा रिताकुमारी चौधरी निर्वाचित भएका हुन् ।

मेयरमा ढकालले ४ हजार ४६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तम कुमार शर्माले २ हजार ९६७ मत पाएका छन् ।

उपमेयरमा चौधरीले ३ हजार ९५८ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेकी सङ्गीताकुमारी चौधरी २ हजार २०० मत ल्याएकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button