तपाईँ सुन्दै हुनुहुन्छः

चिङगाडको अध्यक्षमा एमालेका जिसी विजयी

सुर्खेत । सुर्खेतको चिंङगाड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डोरप्रसाद शर्मालाई १ सय २ मतले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

जिसीले ३ हजार ३ सय ६४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी शर्माले ३ हजार २ सय ६२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकारी उपेन्द्र केशर खनालले बताउनुभयो । उहाँले उपाध्यक्ष पदमा समेत एमालेका मिनाकुमारी रोकाया ३ हजार ३ सय ५४ मत ल्याएर निर्वाचित हुनुभएको जानकारी दिनुभयो ।

रोकायका प्रतिद्वन्द्वी मनमाया आचार्यले ३ हजार १ सय ९८ मत प्राप्त गर्नुभएको थियो । जिल्लाको सबै भन्दा कम मतदाता रहेको चिङगाडमा कुल १० हजार ७ सय २९ मध्ये ७ हजार २ सय ७५ मत खसेको निर्वाचन अधिकारी खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ वटा मात्र वडा रहेको चिङगाड गाउँपालिकाको १, ४ र ५ वडाध्यक्षमा समेत एमालेले जितेको छ भने काँग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button