तपाईँ सुन्दै हुनुहुन्छः

अछामका ४ पालिका अध्यक्षमा कांग्रेस विजयी

अछाम । अछामका विभिन्न ४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जसअनुसार चार वटै पालिकाका प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ भने २ वटा उपप्रमुख/उपाध्यक्षमा एमाले र एउटा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

कमलबजार नगरपालिका प्रमुखमा काँग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २ सय २८ विजयी हुनुभयो । प्रतिस्पर्धी एमालेका कटक साउदले ४ हजार ६५ मत पाउनुभयो । उपप्रमुखमा एमालेका शारदा विष्ट कुँवर ४ हजार ५ सय २८ मत ल्याई विजयी हुनुभयो ।

ढकारी गाउँपालिका अध्यक्षमा काँग्रेसका प्रकाश बहादुर साउद ३ हजार १ सय ८१ मतका साथ विजयी हुनुभयो । एमालेका धर्म बहादुर शाहीले २ हजार ५ सय ५५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसका नेत्रकला देवी शाही ३ हजार १ सय मत ल्याई विजयी हुनुभयो ।

बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा काँग्रेसका टेक बहादुर साउद ३ हजार १ सय १२ मत प्राप्त गरी विजयी हुनुभयो । उपाध्यक्षमा एमालेका बिन्दु रावल २ हजार ७ हजार ३१ मतका साथ विजयी बन्नुभयो ।

रामारोशन गाउँपालिका अध्यक्षमा काँग्रेसका मान बहादुर साउद ३ हजार १ सय २७ मत ल्याएर विजयी हुनुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा ३ हजार २८ मतका साथ विजयी हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button