तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको घिरिङ गाउँपालिकामा एमाले विजयी

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः एमालेका उम्मेदवार होमबहादुर थापा र राधादेवी अधिकारी निर्वाचित भएका हुन् ।

तीन दलीय गठबन्धनलाई पराजित गर्दै घिरिङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको हो ।

अध्यक्षमा विजयी थापाले ४ हजार ३३१ मत पाउनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका गङ्गाराम कुमालले ३ हजार ५५४ मत पाउनुभयो ।

उपाध्यक्षमा विजयी नेकपा एमालेकी अधिकारीले ४ हजार ४८१ मत पाउनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एकिकृत समाजवादी)का पूर्ण बहादुर थापाले २ हजार ७४७ मत पाउनुभएको छ ।

घिरिङमा सम्पन्न मतगणना अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा–२, ३ र ४ नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेस वडा नम्बर १ र ५ मा विजयी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button