तपाईँ सुन्दै हुनुहुन्छः

मुस्ताङको घरपझोङमा गठबन्धनका कांग्रेस उम्मेदवार विजयी

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेपाली काँग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले जित हासिल गर्नुभएको हो । मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उहाँका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा नेपाली काँग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । शुक्रवार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६।६८ प्रतिशत अर्थात् एक हजार ५९८ मत खसेको थियो । 

घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका फणीन्द्र थकालीसहितका उम्मेदवार विजयी हुनुभएको छ । घरपझोङ–४ को वडाध्यक्षमा काँग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button