तपाईँ सुन्दै हुनुहुन्छः

अध्ययन पुरा नहुँदै परीक्षा सञ्चालन गरिएको भन्दै सिटिइभिटीका विद्यार्थीहरू आन्दोलित

कञ्चनपुर । कञ्चनपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का विद्यार्थी आन्दोलित भएका छन् । अध्ययन पूरा नहुँदै परीक्षा सञ्चालन भइरहेको भन्दै सिटिइभिटीका विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

उनीहरूले परीक्षा बहिस्कार गरेका छन् । परीक्षा केन्द्र तोकिएको महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा विद्यार्थीहरू परीक्षामा सहभागी हुन छोडेर आन्दोलनमा उत्रिएका थिए । कोर्ष नर्सकी परीक्षा गर्न लागेको भन्दै आन्दोलन गरिएको विद्यार्थी गोकर्ण महराले बताउनु भयो । 

सिटिइभिटी अन्तर्गतको डिप्लोमा सिभिल इन्जिनियरिङ सङ्काय तेस्रो वर्षको दोस्रो सेमेष्टरको परीक्षा बुधवार बिहान ७ बजेदेखि सुरु हुने कार्यतालिका थियो । परीक्षा स्थलमा विद्यार्थीहरू आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम सिंह चौधरीले बताउनु भएको छ ।

यस्तै परीक्षा स्थलमा आन्दोलन गर्ने ४ विद्यार्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button